रौतहट ।। रौतहटको माधवनारायण नगरपालिकाका नगरप्रमुख विरेन्द्र यादवले, कृषी संगै नगरक्षेत्र समृद्धीकाे लागी हामी दृघकालीन रुपमा अगाडी बढी रहेको बताउनु भएको छ ।
आज सोमवार माधवनरायण नगरपालिकाको कार्यालय माधोपुरमा आयोजना भएको नागरिक सम्वाद सार्वजनिक सुनवाई कार्यक्रममा सम्वोधन गर्नु हुर्दै, नगर प्रमुख यादव, नयाँ संरचना भए तापनि नगरपालिकाको काम कार्यवाहीमा हामी सवल हुदै गएको र केही देखिएका कमीकमजोरीहरुलाई अगामी दिनमा सच्याउदै जाने बताएका छन् । कार्यक्रममा सहभागीहरुले, उठाएका सवालहरुलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले, नगर क्षेत्र समृद्ध तर्फ उन्मुख रहेकाले विकासका योजनाहरु तत्कालै नदेखिए पनि दृघकालीन रुपमा देखिने गरि नगर क्षेत्रको विकास चौतफी भईरहेकोले सवैको सहकार्य र सहयोग हुनु पर्ने बताए ।
त्यस्तै, माधवनारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले, नगर क्षेत्रको भौतीक संरचना संगै, कृषी क्षेत्र विकासको लागि कृषी विधुती करण, सिचाईको लागि डिप वोरींग लगायतको योजनाहरु संचालनमा रहेको बताए । भौतीक संरचनामा हामी यसै वर्ष नगरपालिको भावन निर्माण गर्ने तयारीमा रहेका छौ, अधिकृत कायस्थले बताउदै, नगरपालिकालाई व्यवस्थीत बनउदै गएको नगर क्षेत्रको विकास दृघकालीन रुपमा देखा पर्ने तर्क गरे ।
जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजना माधवनारायण नगरपालिकाको सहकार्यमा तथा प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवको अध्यक्षतामा नगरिक सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवको नयाँ सोच र योजना अनुसार रौतहटको प्रत्येक स्थानीय तह संग नागरिक प्रति उत्तरदायित्व प्रवद्र्धनका लागि नगरिक सम्वाद कार्यक्रम संचालन गर्न लागिएको बुझिन्छ । सो क्रममा सर्वाजनिक सेवा प्रवाहका लागि नागरिकबाट गुनासो एवं सुझाव संकलन कार्यक्रम माधवनारायण नपामा सम्पन्न गरिएको प्रजिअ यादवले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै, प्रजिअ यादवे, जिल्ला प्रशासन कार्यालय सहित जिल्लाका प्रत्येक कार्यालयमा भैरहेको सर्वाजनिक सेवा प्रवाहमा के कस्ता समस्याहरु आईरहेको छ र त्यस्को समाधन के कसरी गर्न सकिन्छ भन्ने वारे आफ्नो सुझाव राख्ने सवैमा अनुरोध गरेका थिए । कार्यक्रमको वारेमा जिप्रका रौतहटका प्रशासकीय अधिकृत मुकेश चौरसीयले अवगत गराएको थिए भन्ने रामनरेश साहले संचालन गरेका थिए । नगर क्षेत्र र जिल्लाको हरेक सर्वाजनिक सेवा प्रवाह गर्न निकायहरुबाट भोग्नु परेको समस्यहरुको वारेमा, रामकृपाल यादव, वडा अध्यक्ष राजिव यादव, बैजु यादव लगायतले आफ्ना गुनासोहरु राखेका थिए ।
कार्यक्रममा सहायक प्रजिअ बसन्त भट्टराई, माधवनारायण नपाका उपप्रमुख सिमल कुमारी साह, वडा अध्यक्ष, समाजसेवा, सरोकारवाला तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश कृषी संगै नगरक्षेत्र समृद्धीकाे लागी दृघकालीन रुपमा अगाडी बढदै :- मेयर यादव
कृषी संगै नगरक्षेत्र समृद्धीकाे लागी दृघकालीन रुपमा अगाडी बढदै :- मेयर यादव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












