काठमाडौं ।। नेपालमा पछिल्लो २४ घन्टामा ४४ सय ७२ जनाको स्वाब परीक्षण गर्दा थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यो सँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा थप ९९ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको मन्त्रालयले जनाएको छ। निको हुने दर ९८।५ प्रतिशत हो।
कोरोनाबाट तीनजनाले ज्यान गुमाएका छन्। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ। केही दिनयता कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य थियो। हालसम्म ५१ जना क्वारेन्टाइनमा र १ हजार १७ जना आइसोलेसनमा छन्।
पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको छ।।
नेपालमा पछिल्लो २४ थप १५० जनामा कोरोना संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












