एजेन्सी ।। नयाँ फिल्म राम सेतुको मुहूर्तका लागि अभिनेता अक्षय कुमार दुई अभिनेत्रीसँग मुम्बईबाट अयोध्या पुगेका छन् ।
उनको चार्टर्ड प्लेन (पुष्पक विमान) मुम्बईबाट उड्दा मानिसहरूले जय श्रीरामको नारा लगाए ।
फिल्मको निर्माण लन्डनमा बस्ने व्यापारी अलीराजा सुभासकरण र प्राइम भिडियो मिलेर गरिरहेका छन् ।
अयोध्यामा अक्षय कुमार, ज्याकलिन फर्नान्डेज र नुसरत भरुचाले श्रीराम जन्मभूमि परिसरमा रालललाका अगाडि मुहूर्त पूजा गर्नेछन् । त्यसपछि फिल्मको मुहूर्त शट शूट गरिनेछ ।
फिल्मका निर्देशक अभिषेक शर्माले यसको रिसर्च र लेखनमा पूरा वर्ष बिताएको बताए । पटकथा सुन्नेबित्तिकै अक्षय कुमारले हुन्छ भनेको पनि उनले जानकारी दिए ।
यो मेगाबजेट फिल्म भएको र यसमा मानिसहरूले विज्ञान र आस्थाको संगम भेट्ने उनको भनाइ छ ।
अक्षय कुमारले हालैको दिनमा बच्चन पाण्डे फिल्मको शूटिङ सकेका छन् । अयोध्यामा रामसेतु फिल्मको मुहूर्त भएलगत्तै शूटिङ शुरू गरिनेछ । फिल्मको ८० प्रतिशत शूटिङ मुम्बईमा गरिनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here