काठमाडाैं ।। अफ्रिकी मुलुक नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ । मालीसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा सर्वसाधारणको मृत्यु भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तिलाबेरी क्षेत्रको बजारबाट चारवटा सवारी सधानमा आउँदै गरेका मानिसलाई लक्षित गरेर बन्दुकधारीले आक्रमण गरेका हुन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन । सो क्षेत्रमा दुईवटा बिद्रोही समूह सक्रिय छन् । पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।