काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७९० जनामा गरिएको पिसिआर परीक्षणमा ११४ मा संक्रमण देखिएको हो।
हालसम्म २२ लाख २१ हजार ५१२ जनामा गरिएको पिसिआर परीक्षणमा २ लाख ७५ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै पछिल्लो२४ घण्टामा थप ९४ जना निको भई घर फर्किएका छन्। निको हुनेको संख्या हालसम्म २ लाख ७१ हजार ४९५ पुगेको छ।
आज देशभर ९१५ सजना सक्रिय संक्रमित छन् भने ५१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज कुनै संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ३ हजार १४ जना संक्रमितको मृत्यु भएको छ।





