काठमाडाैं ।। वर्तमान राजनीतिक सङ्कट समाधानका लागि भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको छ । आज दिउँसो ४ बजेका लागि राष्ट्रपति भण्डारीले बैठक आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । बैठक राष्ट्रपति भवन शीतलनिवासमा बस्ने छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरूलाई बैठकमा बोलाइएको छ । सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा ब्युँताइदिएको छ भने नेकपाको एकता खारेज गरिदिएको छ । नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि दुवै पार्टीमा विवाद देखिएको छ भने आगामी सरकारका लागि दलहरू दौडधुपमा छन् । दलहरूबीच सहमतिको वातावरण बनोस् भन्नका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको शीतलनिवास स्रोतले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here