काठमाडाैं ।। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहान पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहने बताएको छ । महाशाखाले जारी गरेको सूचना अनुसार आज देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने र पहाडी भेगमा मौसम बदली रहनेछ । महाशाखाले जारी गरेको सूचनामा आज दिउँसो पनि समग्रमा मौसमको अवस्था सामान्यदेखि बदली रहने उल्लेख गरिएको छ । तर, पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि रहेको बताइएको छ । यस्तै आज राति भने कर्णाली, गण्डकी र प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा त्यस्तै किसिमको वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । तर पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here