काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १११ जनाको नमुना परीक्षण गर्दा २१ महिला र ४५ जना पुरुष गरि थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ । उनीहरुमध्ये थप ५८ सहित २ लाख ७० हजार ८८६ जना निको भएका छन् भने ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८२५ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












