काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका हुन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड १९ खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाउनेबारे जानकारी दिएका हुन् । त्यसैगरी आइतबार बिहान नै संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने उनले जानकारी दिए । प्रधानमन्त्री ओलीले खोप लगाए सँगै कोरोना विरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












