काठमाडाैं ।। पूर्वी अफगानिस्तानको जलालाबादमा बन्दुकधारीले तीनजना महिला सञ्चारकर्मीलाई गोली हानी हत्या गरेका छन् । युद्ध अन्त्यका लागि निरन्तर वार्ताको प्रयास भइरहेको समयमा बन्दुकधारीले सञ्चारकर्मीको हत्या गरेका हुन् । यस आक्रमणले शान्तिवार्ताका लागि तालिबान समूहसँग अमेरिकी पहलमा भइरहेको प्रयासमा समस्या सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कार्यालयको काम सकेर पैदल घर जाँदै गरेका सञ्चारकर्मीलाई गोली प्रहार गरी हत्या गरिएको एनिकास टीभीका निर्देशक जलमाई लतिफीले जानकारी दिए। यसबारे विस्तृत विवरण आउन बाँकी छ । घटनास्थललाई सुरक्षाकर्मीले घेरा हाली आक्रमणकारीको खोजी सुरु गरेको छ । अफगानिस्तानमा तालिबान समूह र सरकारबीच स्थायी शान्तिका लागि गत वर्षदेखि निरन्तर वार्ताहरू भइरहेको छ । वार्तामा तालिबान समूहले हतियार छोडी मूल राजनीतिक प्रणालीमा आउन एउटा प्रमुख सर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने अडान राखेको छ । तालिवानी सरकार, अमेरिकालगायतका विश्व समुदायले तालिबान समूहले हिंसा छोडेको पुष्टि हुने गरी गतिविधि अघि बढाएमा उनीहरूका अधिकांश माग पूरा गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय मध्यस्थतामा सरकार र तालिबान समूहबीच कतारको दोहामा पटक पटक वार्ता भइसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here