काठमाडाैं ।। म्यानमारमा सैन्य शासनको विरोधमा जारी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । हिजो म्यानमारको याङ्गुन, दवेई र मन्डाले शहरमा सैन्य कूको विरोधमा भइरहेको प्रदर्शनमा सेनाले गोली चलाएको थियो । बिबिसीले लेखे अनुसार प्रदर्शनकारीहरूमाथि दमन गर्न त्यहाँको सुरक्षा बलले रबर बुलेट, अश्रु ग्याससँगै गोली समेत चलाएको थियो । फेब्रुवरी १ मा सेनाले शासन सत्ता हातमा लिएदेखि देशव्यापी प्रदर्शन भइरहेको छ । यसैबीच, संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले घटनालाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन बताएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here