काठमाडाैं ।। अमेरिकी नियामक संस्था फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले जनसन एन्ड जनसनले विकास गरेको कोरोना विरुद्धको खोपलाई प्रभावकारी बताएको छ । एफडीएले खोपलाई सुरक्षित र प्रभावकारी भनेसँगै अमेरिकामा कोरोनाको तेस्रो खोपले मान्यता पाउने बाटो खुलेको छ । यस खोपको केवल एक डोज दिइने छ । जबकी फाइजर र मोडर्नासहित अन्य कोरोना विरुद्धको खोपको दुई डोज लिनु पर्नेछ । जनसन एन्ड जनसनले आफ्नो परीक्षणको नतिजा एक महिना अघि सार्वजनिक गरेको थियोे । एफडीएका अनुसार यस खोपको ट्रायल अमेरिका, दक्षिण अफ्रिका र ब्राजीलमा गरिएको थियो । परीक्षणका क्रममा कोरोना भाइरस विरुद्ध लड्मा यो खोप ८५ प्रतिशत प्रभावकारी र सुरक्षित पाइएको थियो । भोलि विशेषज्ञहरुको एक टिमले एफडीएले यस खोपलाई मान्यता दिनु पर्छ वा पर्दैन भन्ने विषयमा निर्णय गर्नेछन् । व्हाइट हाउसका अनुसार यदि एफडीएले यस खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दियो भने आउने साता यसको ३० लाख डोज उपलब्ध गराइनेछ । जनसन एन्ड जनसनको खोप फाइजर र मोडर्नाले विकास गरेको कोरोना खोपको राम्रो विकल्प र सस्तो हुन सक्ने बताइएको छ । साथै यो खोप फ्रिजरको साटो रेफ्रिजरेटरमा राख्न सकिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here