काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५४१ मा पिसिआर गर्दा १२२ जनामा कोरोना पुष्टि भएको हो।योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ८४० पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४४ जना निको भएर फर्किनुका साथै कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ।
कोरोना संक्रमणका कारण आज थप एक जनाको मृत्यु भएको छ । यसका साथै मृत्यु हुनेको कुल संख्या २ हजार ५५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सम्म देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ५ सय ८१ रहेको छ ।
अहिलेसम्म कोरोना निको हुनेको दर ९८।७ प्रतिशत पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here