काठमाडाैं ।। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको दोस्रो पटकको महाअभियोग पनि असफल भएको छ । ६ जनवरीमा संसद भवनमा भएको हमलापछि ट्रम्पमाथि अमेरिकी काँग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाअभियोग लगाएको थियो । तर, सिनेटमा महाअभियोग पारित हुनका लागि आवश्यक दुई तिहाइ मत जुट्न सकेन । हिजो ट्रम्पमाथि लगाएको महाअभियोगमाथिको बहस सकिएर मतदान भएको थियो । जसमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा ५७ जना सिनेटर उभिएका थिए भने ४३ जनाले महाअभियोगको विपक्षमा मतदान गरेका थिए । महाअभियोग पारित हुनका लागि ६७ जनाको समर्थन आवश्यक थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here