काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार हालसम्म संक्रमितको कूल संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।
कूल संक्रमितमध्ये २ लाख ६८ हजार ६६० जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १११ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।
बिहीवार सक्रिय संक्रमितको संख्या १ हजार ७१८ रहेको छ । कोरोनाले थप ५ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या २ हजार ५२ पुगेको मन्त्रालयले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












