काठमाडाैं ।। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले पक्राउ परेकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गरेको छ ।

बिहीबार प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै झाँक्रीको पक्राउबाट आफूहरु आश्चर्यचकित भएको भन्दै तत्काल रिहा गर्न माग गरुेका हुन् ।

उनले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले सरकार अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो बनाएको उल्लेख गरेका छन् ।

‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचना भन्दामाथि हुन सक्दैनन भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारीताबाहेक केही होइन । हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here