काठमाडाैं ।। प्रधानमन्त्री केपी ओलीले आज निर्वाचन आयोग पुगि निर्वाचनका कामलाई निरन्तरता दिन आयोगका अधिकारीलाई निर्देशन दिएका छन् । आज विहान आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र आयुक्तलाई भेटेर निर्वाचनका काम अघि बढाउन निर्देशन दिएका हुन् ।
आयोगको तयारी सन्तोषजनक रहेको भन्दै प्रधानमन्त्री ओलीले आयुक्तहरुलाई धन्यवादसमेत दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचन तयारीका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री केपी ओली निर्वाचन आयोग पुगेका थिए ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीका लागि आयोगले गरेका कामको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । थपलियाले आयोगले तोकिएको समयमा निर्वाचन गर्ने गरी काम गरिरहेको बताए । साथै उनले सुरक्षा बन्दोबस्ती र बजेटका विषयमा प्रधानमन्त्रीलाई जानकारीसमेत गराएका थिए । आज आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको विषयमा भने छलफल भएन।
Home मुख्य समाचार निर्वाचन आयोग पुगि निर्वाचनका कामलाई निरन्तरता दिन आयोगका अधिकारीलाई प्रधानमन्त्री ओलीकाे निर्देशन
निर्वाचन आयोग पुगि निर्वाचनका कामलाई निरन्तरता दिन आयोगका अधिकारीलाई प्रधानमन्त्री ओलीकाे निर्देशन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।