काठमाडाैं ।। सरकारले हिजोदेखि सुरु गरेको कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत २ सय २६ जना पत्रकारले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारका लागि काठमाडौंको निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट र कूटनीतिक नियोगलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट खोप दिन थालेको हो । दोस्रो चरणको खोप पनि १० दिन भित्रसक्ने तयारी मन्त्रालयको छ । पत्रकारले खोप लगाउनका लागि आफ्नो परिचयपत्र खुल्ने गरी र सूचना विभागको पत्र लिएर जानुपर्ने हुन्छ । मन्त्रालयले माघ १४ गतेबाट सुरु गरेको पहिलो चरणको खोप अभियान माघ २४ गते सकेको थियो । दोस्रो चरणमा पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी, बैंकमा काम गर्ने तथा अग्रपङ्क्तिमा काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गर्ने कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले जानकारी दिनुभयो । पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने भने तापनि लक्ष्यभन्दा कमले खोप लगाएका छन् । पहिलो चरणको खोप खोप एक लाख ८४ हजार ८ सय ५७ जनालाई लगाइएको थियो । दोस्रो चरणको खोप अभियान आज दोस्रो दिन पनि जारी रहनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here