रौतहट ।। संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी(जसपा)ले रौतहटमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।
जिल्लाको सदरमुकाम गौरमा आइतबार जसपा रौतहटले संसद पुनर्स्थापनाको माग गर्दै र केपी ओली मुर्दावाद भन्दै प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो ।
संसद विघटन असंवैधानिक र प्रतिगमनकारी कदम भएको भन्दै जसपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।पुतला दहन कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य बाबुलाल साह, गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, जसपाका नेता कार्यकर्ता तथा विद्यार्थी संगठनका उमेश यादव, ओमलोक पटेल लगायतको उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।