काठमाडाैं ।। विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या १० करोड ५८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमित संख्या १० करोड ५८ लाख ८४ हजार ४२५ नाघेको छ । विश्वभर ७ करोड ७६ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख १८ हजार ६३३ जना निको भएका छन् । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय सङ्क्रिमतको संख्या २ करोड ५९ लाख २३ हजार ९०० छ । पछिल्लो २४ घण्टामा १३ हजार ९४८ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ७ हजार १२८ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ७० हजार ४१८ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजीलमा २ लाख ३० हजार १२७ जना, भारतमा १ लाख ५४ हजार ९५६ जना, रूसमा ७५ हजार ७३२ जनाको मृत्यु भएको छ ।
विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या १० करोड ५८ लाख नाघ्यो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।