धरान ।। धरानमा बिहिबार प्रदर्शनकारी र मजदुरबीच झडप भएको छ। प्रचण्ड-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको हो।प्रदर्शनकारीले जबरजस्ती टेम्पो रोकेर टायर बाल्न खोजेपछि झडप भएको हो ।
बन्दकर्ता र यातायात मजदुरबीच विवाद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। उनले पछिल्लो समय अवस्था सामान्य रहेको जानकारी दिए।
यसैबिच प्रहरी उपरीक्षक थापाका अनुसार सुनसरीमा लामा र छोटा दुरीका सवारी सञ्चालनमा आएका छैनन्। बजार पसल भने छिटफुट रुपमा खुलेका छन्। कलकारखाना, स्कुल कलेज बन्द छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here