काठमाडाैं ।। नेपालमा कोरोना विरुद्धको खोप अभियान चौथो दिन पनि जारी रह्यो । हिजो चौथो दिनसम्म १ सय ८५ खोप केन्द्रबाट ८८ हजार ७ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो साँझ ४ बजेसम्म प्रदेश १ मा १२ हजार ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६ सय ८३, गण्डकी प्रदेशमा १२ हजार ३ सय ११, लुम्बिनी प्रदेशमा १० हजार ७ सय ६०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ७७ जनाले कोरोना विरुद्धको खोप लगाए छन् । मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिस पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन आग्रह गरेको छ । खोप अभियान आजपनि जारी रहनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here