मुम्बई ।। अभिनेता अक्षय कुमार अहिले राजस्थानमा चलचित्र ‘बच्चन पाण्डे’को छायांकनमा छन् । अभिनेता अक्षयलाई यस चलचित्रमा अहिलेसम्म नदेखिएको फरक अवतारमा देखिन पाइनेछ, जुन फर्स् लुक पोस्टरले पनि बताइसकेको छ ।
अक्षयको यही चलचित्रमा हालै नयाँ नाम जोडिएको छ । चलचित्रमा ‘भिलेन’को भूमिकामा अभिनेता अभिमन्यू सिंह जोडिएका छन् ।अभिमन्यू सिंह बलिउड र साउथ इन्डष्ट्रिमा चर्चित नाम हो । उनी बलिउड चलचित्र ‘गोलीयोकी रास लिला’, ‘रक्त चरित्र’, ‘लक्ष्य’लगायतमा देखिएका थिए । यसअघि पनि उनले यसअघि अक्षयसँग ‘वान्स ओपन अ टाइम इन मुम्बई’, ‘दोबारा’ र ‘सूर्यवंशी’मा स्क्रिन सेयर गरेका छन् ।
फरहान सम्जीको निर्देशन र साजिद नाडियडवालाको निर्माणमा बन्दै गरेको चलचित्रमा ज्याकलीन फर्नान्डिज, कृति सेनन र अर्सद वार्सी मुख्य भूमिकामा छन् । चलचित्र सन् २०२२ जनवरी २६ मा रिलिज हुँदै छ । बलिउड हंगामाबाट ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here