जनकपुर ।। प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना विरुद्धको खोप दिने अभियान सुरु भएको छ। प्रदेश २ मा कोरोना भाइरसविरुद्धको पहिलो खोप आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले लगाएका छन् ।

सरकारले बुधबार आजबाट सुरु गरेको खोप अभियानमा प्रदेश २ मा पहिलो खोप कानुनमन्त्री यादवले लगाएका हुन् । उनले सबैको मनोबल बढाउन आफुले खोप लगाएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुभारम्भ गरेसँगै आज देशभर खोप अभियान सुरु भएको हो । पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी तथा सामाजिक कार्यकर्तालाई लगाइनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here