काठमाडौँ ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय ४८ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ४८० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ८७ पुगेको छ । शुक्रबार थप ७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ६ सय १४ छ।मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ३५ हजार ३ सय १ परीक्षणहरु गरिएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ५८ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।