रौतहट ।। नेकपा सरकारका शहरी विकास मन्त्री प्रभु साहलाइ गृह जिल्लामा कालो झण्डा देखाउने जनता समाजवादी पार्टी नेपालका वर्गीय संगठन विद्यार्थी नेतालाइ प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले मधेशको पहिचानको रुपमा रहेका गमछा ओढाएर सम्मान गरेका छन ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलनमा रहेका अंता समाजवादी पार्टी नेपालका पूर्व घोषित कार्यक्रम अनुसार सदरमुकाममा विरोध प्रदर्शन कार्यक्रममा विद्यार्थी नेतालाइ सम्मानित गरिएको हो । कामचलाऊ सरकारका मन्त्री भएका प्रभु साह पहिलो पटक गृह जिल्ला आउदा गरुडामा कड़ा सुरक्षा विच विद्यार्थी नेता ललन यादव , पुण्य प्रसाद पटेलका टोलीले कालो झण्डा देखाएका थिए ।
प्रतिगामी सरकारका मन्त्रीलाइ कालो झण्डा देखाएर विरोध जनाएका विद्यार्थीको मनोवल बढाउनको लागि सम्मान गरिएको राज्य मन्त्री यादवले बताए । पहिचान ,अधिकार , सम्मान र लोकतंत्रको रक्षाको लागि ज्यानको परवाह नै गरेको कार्य उत्कृट स सम्मान योग्य भएको बताए ।
विद्यार्थी नेताले विरोध गरेर पार्टीको सच्चा सिपाहीको परिचय दिएको राज्य मन्त्री यादवले भने लोकतंत्रको विरोधी सरकार नटिक्ने दावी गरे । कार्यक्रममा सहभागी भएका पार्टीका नेता तथा कार्यकर्त्ताहरुले ताली बजाएर हौसला भएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here