काठमाडाैं ।। अमेरिकामा २ करोड ४६ लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार २२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा सङ्क्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा सङ्क्रमितको संख्या २ करोड ४६ लाख २६ हजार ३७६ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ४५ लाख ५१ हजार ६८५ जना सङ्क्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९६ लाख ६६ हजार ७१ जनामध्ये २८ हजार ५५३ जनाको अवस्था गम्भीर रहेको वल्र्डमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४२२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here