काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुष गरि थप ५३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ४७ जना निको भएर घर फर्किएका छन् । यसका साथै निको हुनेहरुको कुल संखया २ लाख ५२ हजार ३५९ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण आज थप ९ जनाको मृत्यु भएको छ । यसका साथै मृत्यु हुनेको जम्मा संख्या १८५६ जनाको मृत्यु भएको छ ।
हाल देशभर ६ हजार ३७८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८७२ जना होम आइसोलेसनमा छन् भने २३६ जनाको आईसीयू र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हल सम्म देशभरमा १९ लाख ३२ हजार ४७७ जनामा पसीआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here