काठमाडाैं ।। यमनको दक्षिणी सहर अदनस्थित विमानस्थलमा भएको आक्रमणमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा परि ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरुलाई लिएर सउदी अरबबाट उडेको विमान विमानस्थलमा अवतरण गरेको केही समयमै ठूलो बिस्फोट भएको थियो । प्रधानमन्त्री मइन अब्दुलमइक सइदले आफू र मन्त्रीमण्डलका सदस्यहरु सकुशल रहेको बताउनुभएको छ । सूचनामन्त्रीले आक्रमणमा इरानसमर्थित हुती विद्रोही संलग्नता रहेको भन्दै घटनालाई कायरतापूर्ण आतङ्कवादी आक्रमणको संज्ञा दिनुभएको छ । हुती विद्रोहीले यमनको अधिकांश पश्चिमी भाग नियन्त्रणमा लिएका छन् । बीबीसीले लेखे अनुसार साउदी अरब समर्थित राष्ट्रपति अब्दुरब्बु मन्सुर देश छाडेर भाग्न बाध्य भएपछि साउदी अरब नेतृत्वको गठबन्धनले यमनको युद्धमा हस्तक्षेप गरेको थियो । हालसम्म यमनमको युद्धमा १ लाखभन्दा बढी मानिसहरु मारिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here