न्युयोर्क ।। संसदबाट पारित भएपछि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिटो प्रयोग गरेर फिर्ता पठाएको राष्ट्रिय सुरक्षा विधेयक ट्रम्पको भिटोलाई अस्वीकार गर्नेगरी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भएको छ।

अब सिनेटमा दुई तिहाई बहुमतले पारित भएमा यो विधेयक ट्रम्पको भिटोका बाबजुद पनि कार्यान्वयनमा आउनेछ।तल्लो सदनले कमासमेत परिवर्तन नगरी पहिलेकै स्वरुपमा जस्ताको तस्तै पारित गरिएको छ। डेमोक्रेट तथा रिपब्लिकन दुवै दलको भारी समर्थन रहेको यो विधेयक अब राष्ट्रपति ट्रम्पको समर्थनविना नै कानुन बन्ने देखिएको छ। अमेरिकामा राष्ट्रपतिले भिटो प्रयोग गरेर अस्वीकार गरेको विधेयक संसदका दुवै सदनबाट दुई तिहाइ बहुमतले पारित भएमा राष्ट्रपतिको सहमतिविना पनि कानुन बन्नसक्छ।

ट्रम्पको कार्यकालमा नै पहिलोपटक भिटो ‘ओभरराइड’ गर्ने निश्चित रहेको यो विधेयक सेनाको तलब बढाउने, हतियारको खरिदमा निर्देशन दिने र सैन्य नीति बनाउने ७४१ बिलियन डलरको सुरक्षा प्याकेज हो। तर ट्रम्पले आफूले चाहेका कुराहरु समावेश नभएको भन्दै विधेयक फिर्ता गरेका थिए।

आफ्नो प्रशासनले यो ऐनको राष्ट्रिय सुरक्षामा महत्व बुझेको तर दुर्भाग्यवश विधेयकले महत्वपूर्ण सुरक्षा मापदण्डहरु समावेश गर्न छुटाएको, राष्ट्रिय सुरक्षामा अमेरिका पहिलो राख्ने ट्रम्प प्रशासनको नीतिको विरोधाभाष रहेको भन्दै ट्रम्पले विधेयक भिटो प्रयोग गरेका थिए। ट्रम्पले यो विधेयक चीन र रुसका लागि उपहारजस्तो भएको आरोप लगाएका थिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here