रौतहट ।। संसद विघटन गर्ने सरकारको कदमको विरोधमा रौतहटको चार वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । रौतहटको क्षेत्र नम्बर १ को गंगा पिप्रा र गौर, क्षेत्र नम्बर २ को राजपुर, क्षेत्र नम्बर ३ को कटहरिया र क्षेत्र नम्बर ४ को चन्द्रनिगाहपुरमा कांग्रेसका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको विरोधमा नारावाजी गर्दै प्रदर्शन गरेको हो ।त्यस्तै सदरमुकाम गौरमा पनि नेपाली कांग्रेसका नेता तथा कार्यक्रताहश्र प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरे । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन रौतहटलगायत मुलुकभर सडक प्रदर्शन सुरु गरेको हो।ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सडक प्रदर्शन गर्न लागेका नेपाली कांग्रेसका श्यामहरि चौलागाइले बताउनुभयो ।कांग्रेसको १० गतेको केन्द्रीय कार्यसमिति बैठकले १६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो। ।सोहि निर्णय अनुसार आज चन्द्रपुरमा बृहत प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।प्रधानमन्त्रीले संसद विघटन गरेपछि रौतहटमा जसपा, नेपाली काग्रेंस र प्रचण्ड–माधव नेपालको समूहले विरोधमा दैनिकजसो अलग अलग प्रदर्शन गर्दै आएका छन् ।
रौतहटको चार वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसकाे विरोध प्रदर्शन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












