काठमाडाैं ।। भारतमा जारी किसान आन्दोलनको एक महिना पुरा भएको छ । भारत सरकारले ल्याएको नयाँ कृषि कानूनलाई रद्द गर्नुपर्ने मागसहित किसानहरु आन्दोलनमा उत्रिएका हुन् । भारत सरकार र किसानबीच सहमति हुन नसक्दा किसानहरु अझै राजधानी दिल्लीको सीमा क्षेत्रमा धर्नामा बसेर आन्दोलन गरिरहेका छन् । यसैबीच, सरकार र किसानबीच आज पुनः वार्ता हुने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । यसअघि पनि सरकार र किसानबीच ६ पटक वार्ता भइसकेको छ । तर, वार्ताबाट कुनैपनि निस्कर्ष निस्कन सकेन । भारतीय सञ्चार माध्यमहरुका अनुसार आजको वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here