काठमाडौं ।। नेपाललाई बंगलादेशले पैंचो दिने भनेको मल नदिएपछि नेपालले साढे १ अर्बमा ५० हजार मेट्रिक टन मल खरिद गर्न सम्झौता गरेको छ । सरकारले जिटुजीमार्फत प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा मल खरिद गर्ने सम्झौता गरेको हो ।
प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा ५० हजार मेट्रिकटन मल खरिद गर्दा नेपाली १ अर्ब ५२ करोड ९२ लाख ५० हजार ५ सय रुपैयाँ पर्ने भएको हो । जिटुजीमार्फत ५० हजार मेट्रिक टन मल खरिद बिहीबार नेपाल र बंगलादेश सरकारबीच सम्झौता भएको छ ।
धान रोपाइँमा देशभर मलको हाहाकार भएपछि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको आग्रहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका समकक्षी शेख हसिनासँग टेलिफोनमार्फत संवाद गरी पैंचोमा मल मागेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीचको टेलिफोनमा संवाद भएको मौखिक समझदारीमा बंगलादेशले मल नदिएपछि अहिले जिटुजीमार्फत नेपालले बंगलादेशसँग प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा युरिया मल खरिद गर्न लागेको हो ।
सो सम्झौतामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश सरकारको उद्योग मन्त्रालयको तर्फबाट बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महमद एमिन उल अहसनले एक समारोहबीच बंगलादेशको ढाकामा हस्ताक्षर भएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here