काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १९९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।
नेपालमा आज कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७३० पुगेको मन्त्रालयले जनाएको छ।
हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।