काठमाडाैं ।। कोभिड १९ बाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा आजदेखि कोभिडविरुद्धको खोप लगाउने तयारी भएको छ । खोप लगाउनका लागि हिजोदेखि नै ढुवानीको काम सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर बायोएनटेक कोभिड खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइने भएको हो । यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिडबाट सङ्क्रमित भएर १६ लाख मानिसको मृत्यु भएपछि सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा खोपको प्रयोग हुन लागेको हो । यो खोप ७० डिग्री सेल्सीयसको तापक्रमसहितको विषेश अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । खोप प्रयोग गर्ने पहिलो दिन १ सय ४५ स्थानमा खोप प्राप्त हुनेछ भने भोलि ४ सय २५ स्थानमा र बुधबार ६६ स्थानमा प्राप्त हुने अधिकारीहरुले जनाएका छन् । पहिलो चरणको वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि सुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरुको विश्वास छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here