काठमाडाैं ।। देशका अधिकांश क्षेत्रमा आज आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रभावित हुने भएको हो । अहिले प्रदेश १ र बागमती प्रदेशका केही भू–भागमा आंशिक बदली भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली हुने छ । आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।