एजेन्सी ।। विश्वभर कोरोना खोप कार्यक्रम सुरुवात हुँदैगर्दा भारतको औषधि निर्माता कम्पनी भारत बायोटेकले पनि आफ्नो खोप प्रयोगका लागि सरकारसँग अनुमति मागेको छ।

भारत बायोटेकले ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईमा खोप प्रयोग गर्न पाऊँ भनि आवेदन दिएको बीबीसीहिन्दीले जनाएको छ।भारत बायोटेकले स्वदेशमै कोरोनाविरुद्धको खोप निर्माण गरेको हो।

भारतीय अधिकारीहरुका अनुसार बायोटेकले आपतकालीन प्रयोगका लागि यस खोपलाई प्रयोग गर्न अनुमति मागेको छ।यससँगै भारतमा खोप आपतकालीन प्रयोगका लागि अनुमति माग्ने भारत बायोटेक तेस्रो कम्पनी बनेको छ।

यसअघि सिरम इन्स्टिट्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनिकाले निर्माण गरेको खोप प्रयोगमा अनुमति मागेको थियो।यस्तै फाइजर इन्डियाले फाइजर र बायोनटेकले निर्माण गरेको खोप प्रयोगमा अनुमति मागेको थियो।

हाल फाइजरको खोपले बेलायत र बहराइनमा आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेको छ।उता रुसले आफ्नो भ्याक्सिन स्पुतनिक–भी देशमा प्रयोग गर्न थालिसकेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here