काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४९५ परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७५२ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५९४ पुगेको मन्त्रालयले जनाएको छ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।