काठमाडाैं ।। भारतमा आन्दोलनरत किसान र सरकारबीचको वार्ता फेरि असफल भएको छ । दिल्लीको विज्ञान भवनमा सरकारर किसान नेताहरुबीच हिजो भएको वार्तामा सहमति जुट्न नसकेपछि अब ९ तारिख अर्थात् बुधवारका लागि वार्ता फेरि गर्ने तय भएको छ । सरकारले किसान संगठनसँग योजना बनाउनका लागि समय माग गरेपछि वार्ता ९ तारिखका लागि तय भएको बीबीसीले लेखेको छ । यसैबीच आन्दोलनरत किसानहरुले पर्सी भारत बन्दको घोषणा गरेका छन् । भारतमा केन्द्र सरकारले हालै ल्याएका तीन कृषि कानून खारेजीको माग गर्दै प्रदर्शन गरिरहेका किसान संगठनहरुले डिसेम्बर ८ अर्थात् पर्सीमंगलबारका दिन भारत बन्दको घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here