रौतहट ।। सरकारले कोरोनाभाइरस महामारी रोकथाम तथा नियनत्रणको लागि विगत नाैँ महिना देखी बन्द रहेको रौतहटको गौर बैरगनिया बोर्डर विहिबारबाट खुल्ला भएको छ । रौतहटको सिमा नाका खुलाउनु पर्ने माग गर्दै नागरिक समाजको अगुवाइमा प्रदर्शन तथा धर्ना कार्यक्रम निरन्तर हुदै आएको थियो ।

कोरोनाको निहुमा मधेशीको स्वाभिमान र संस्कृति माथी आक्रमण गर्न बोर्डर बन्द गर्दै आएको गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले आरोप लगाउनु भयो । उहाले मधेसी समुदायको सम्बन्ध भारतीय नागरिकहरुसंग रहेको बताउनु हुदै नेपाल भारत सिमा नाका गौर नखुल्दा आफ्ना आफन्तका विभिन्न कार्यक्रमहरुमा सहकार्य गर्न तथा भेटघाट गर्न समेत नपाएको बताउदै, सिमा नाका बन्द भएकाले आफन्तको मृत्यु हुदा समेत सहभागी हुन नदिने सरकार निन्र्दयी र मधेशी समुदायका सस्कृति तथा स्वाभिमानलाई अन्त्य गर्ने जालको संज्ञा दिएका छन ।

विहिबारबाट खुल्ला गरेको नाका तत्कालका लागी शव वाहन, एम्बुलेन्स, पैदल यात्री र जयन्तीका गाडीहरु आवतजावत गर्न मात्र पाउने भएको हो ।

भारतीय पक्षबाट नाका खुल्ला नगरेकाले तत्काल आवतजावतमा सहज परिस्थिती नआउने उनीहरुको भनाइ रहेको छ । भारतीय पक्षले पनि नाका खुलाएमा आवतजावतमा सहजता हुने जनाइएको छ । भारतिय सिमा नाका खोल्नु पर्ने माग राख्दै निरन्तर अभियान थाल्नु हुने नागरिक समाजका अध्यक्ष जगन्नाथ केशरी,जसपा नेता रेवन्त झा, जसपाका नेता अनिल सिंह लगायतका सिमा नाका खुलाउने अभियानमा धर्ना बस्दै आउनु भएका नेता कार्यकर्ताहरुले नेपालतर्फबाट सिमा खुल्ला गरेकोमा खुशी ब्यक्त गर्नु भएको छ । साथै स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी आवत जावत गर्न प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले आग्रह समेत गर्नु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here