रौतहट ।। रौतहटको गरुडामा जग्गा विवादमा झडप हुदा एक जनाको ज्यान गएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ७ भिमडावर टोलमा जग्गा विवाद हुदा काठको कोरा प्रहार गर्दा ५० बर्षिय फतिङ्गा ठाकुरलाई ३ जनाको समुहले आज बिहान आक्रमण गरेका थिए । आक्रमणबाट गरुडा नगरपालिका वडा नम्वर ७ भिमडावर टोलकाा ५० बर्षिय फतिंगा ठाकुरको मृत्यु भएको छ । सोही स्थानका स्थानिय छिमेकी ५५ बर्षिय ज्ञानी ठाकुर, ४५ बर्षिय ध्यानी ठाकुर र ३५ बर्षिय नागेन्द्र ठाकुरले काठको कोरोले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन । फतिंगा ठाकुरको जग्गालाई आक्रमण गर्ने ३ जना दाजुभाईले आफनो जग्गा भन्दै उनीहरुले दावी गर्दै धेरै पहिला देखि विवाद गर्दै आएका बताइएको छ । सोही जग्गा विवादमा आज विहान १० बजे विवादले उग्र रुप लिदा दुवै पक्ष विच हात हालाहाल हुदा काठको कोरो प्रहार गर्दा फतिंगा गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएका छ । गरुडा स्थित सिटि अस्पतालमा उपचारको क्रममा फतिंगाको ज्यान गएको जानकारी दिदै इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रवी रावलले मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको बताउनु भयो । घटनामा संलग्न रहेका ३ दाजुभाई मध्ये ध्यानी ठाकुर गाउँमै लुकी छिपी उपचार गराइ रहेको अवस्थामा निजलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ भने फरार रहेका २ जनाको व्यापक खोजी कार्य भईरहेको डिएसपी रावलले जानकारी दिनु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here