रौतहट ।। रौतहटमा छिमेकीलाई कुटपिट गरी एक जनाको हत्या भएको छ । रौतहटको वृदावन नगरपालिका–७ सखुअवा धमौराका ५० वर्षीय अमिरि पासवानको सोमवार साँझ कुटपिट गरी हत्या भएको हो ।
हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय बिन्द पासवानलाई पक्राउ गरेको छ ।
सोमबार साँझ विकास सहितको टोलीले सोमबार मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा अमिरी पासवानलाई कुटपिट गरी धक्लेर गम्भीर घाइते बनाएका थिए ।
गम्भीर घाइते अमिरीको गरुडास्थित सिटी अस्पतालमा उपचारका क्रममा राति सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतको शव पोस्टमार्टमका लागि गौर पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here