रौतहट ।। नेपाल भारत सिमा नाका खोल्नु पर्ने माग राख्दै रौतहटबाट सुरु भएको आन्दोलन अब विभिन्न ठाउँमा प्रत्येका जिल्लाको नेपाल भारत नाकामा आन्दोलन सुरु भएको छ ।
नेपाल–भारत खुला सीमा सम्वाद समूहले धनुषाको दुहबीमा विगत ६ दिनदेखि धर्ना दिँदै आएको छ भने सोमबारदेखि महोत्तरीको कटैया र सिरहाको माडरमा पनि अनिश्चितकालीन धर्ना सुरु गरेको हो ।


त्यस्तै मलंगवा–सोनवर्षा सीमा नजिकै मंसिर ३ गते देखी धर्ना दिदैँ आएको छ ।


‘सरकारले कोरोना महामारीको नाममा जनतालाई दुख दिने काम गरेको छ । धर्ना कार्यक्रमबाट कुनै सुनुवाइ भएन भने आन्दोलनको अर्को चरणको कार्यक्रम गर्नेछौँ,’ स्थानीयहरुले बताउछ । सिमानाका खोल्यो भने कोरोना भित्रिने भन्दै सरकारले अघोाषित नाकाबन्दी गरेको प्रदेशसभा सदस्य अशोक यादवले आरोप लगाएका छन् ।
मुख्य सिमा नाका खोल्दा कोेरोना भित्रिने र चोर बाट भएर दैनिक हजारौ मानिसहरुको आवतजावत भइरहेको छ त्यसबाट कोरोना नभित्रिने गलत गतिविधीको विरोध गर्दै स्थानीयहरु आन्दोलित बनेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here