एजेन्सी ।। भारतीय हास्य कलाकार भारती र उनका पति हर्षलाई १३ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ।भारतको लागू औषध नियन्त्रण ब्यूरो(नार्कोटिक्स कन्ट्रोल ब्यूरो)ले उनीहरूको घर तथा कार्यालयमा गाँजा बरामद गरेपछि शनिबार पक्राउ गरेको थियो।

उनीहरू अब ४ डिसेम्बरसम्म न्यायिक हिरासतमा रहनेछन्।दुबैले जमानतका लागि अदालतमा याचिका दायर गरेका छन्। याचिकामाथि आज सुनुवाइ हुँदैछ।एनसिबीले उनीहरूको घर तथा कार्यालयबाट ८६.५ ग्राम गाँजा बरामद गरेको थियो।पक्राउ परेका भारती र उनका पति दुबैले आफूहरूले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन्।भारतीय कानुन अनुसार उनीहरूबाट बरामद भएको गाँजाको मात्रा थोरै हो।

भारतमा एक हजार ग्राम गाँजालाई थोरै मानिन्छ। यसका लागि ६ महिना जेल सजाय वा १० हजार भारू जरिमाना वा दुबै सजाय हुने व्यवस्था छ।जुनमा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि एनसिबीले बलिउडमा लागुऔषध प्रयोगका बारेमा जाँच गरिरहेको छ।

लागू औषध कारोवारीबाट प्राप्त जानकारीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here