राैतहट ।। मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा रौतहटले रौतहट निर्वाचन क्षेत्र नम्बर १ का सांसद अनिल झा माथि कार्यवाहीको मांग गर्दै विहिवार जिल्ला प्रसाशन कार्यालय मार्फत प्रतिनिधि सभामा ज्ञापन पत्र बुझाएका छन !
पूर्व निर्धारित कार्यक्रम अंतर्गत महिला संगठन आवाजले महिलालाइ अपमान गर्ने सांसद झा लाइ सांसद पद बाट राजीनामाको मांग गर्दै प्रतिनिधि सभामा ज्ञापन पत्र बुझाएको हो ! शुभकामना आदान प्रदान कार्यक्रममा सम्वोधन गर्दै सांसद झा ले सवै नेपाली महिला दीदी बहिनीको सार्वजानिक रुपमा मान मर्दन गरेको भन्दै निन्दा गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाइ ज्ञापन पत्र बुझाएका हुन !
बुहारी संयुक्त आवाजका अध्यक्ष पूजा पाठक तिमिल्सिनाको नेतृत्वमा आएका महिलाहरुले प्रमुख जिल्ला अधिकारी यादवलाइ ज्ञापन पत्र बुझाएको हो ! ज्ञापन पत्र बुझाए पछि संचारकर्मीहरु सित कुरा गर्दै अध्यक्ष पाठकले सांसद जस्तो गरिमामय पदमा बसेका झा ले महिलाहरुको मान मर्दन हुने गरी प्रयोग गरेको शव्द ,अभिव्यक्तिले नेपाली महिलाहरुको अस्मिता माथि प्रहार भएकोले पदबाट राजीनामा दिनु पर्ने बताइन ! अध्यक्ष पाठकले पूर्व मंत्री झा को दीदी बहिनी पनि भएको अवस्थामा समग्र महिलाको चरित्र हत्या गर्ने गरी दिएको अभिव्यक्ति फिर्ता लिदै माफी माग्नु पर्ने बताए !
महिला प्रति गरेको अमर्यादित असभ्य टिपण्णी प्रति माफी माग्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको जानकारी गराए ! सांसद झा ले रौतहटको महिलालाइ मात्र हैं पुरै नेपालको महिलालाइ अपमान गरेकोले पार्टी भन्दा बाहिर आएर एक जुट भएर झा को विरुद्धमा सड़क तताउन अपील गरे ! महिला जात एउटै भएकोले पार्टी संगठनको विचार त्याग गरी आफ्नो मान मर्यादाको रक्षाको लागि आन्दोलन गर्नुको विकल्प नरहेको जिकिर गर्दै देश व्यापी रुपमा संघर्ष गर्न आग्रह गरे !
अन्तर पार्टी महिला संजालका पूर्व अध्यक्ष एवं मची महाकाली बुहारी संयुक्त आवाजका सल्लाहकार देवकी नेपालले संघीय सांसद अनिल झा ले महिलाको गरेको अपमानको विरुद्ध देशभरी महिलाहरुले आधी बेहरी ल्याउने चेतावनी दिनु भएको छ ! दशै तिहार र छठ पर्वको अवसर परेर आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य एवं पूर्व मंत्री झाले महिलाहरु प्रति लांक्षणा लगाउने कार्य गर्नु भएको छ त्यसको घोर निन्दा गर्दै फिर्ता लिन मांग गर्दछु भन्नु भयो !
महिला अधिकारकर्मी नेपालले बास्तवमा रौतहटका महिलाहरु बेकामी हुन , नराम्रा हुन , चरित्र हिन् हुन भन्ने जस्ता दिनु अभिव्यक्ति अभिव्यक्तिलाई खंडन गर्दै अन्तर पार्टी महिला संजाल र मची महाकाली बुहारी संयुक्त आवाजले कड़ा रुपमा घोर भत्सर्ना गर्दै सांसद पदबाट राजीनामा दिनु पर्ने जोड़दार रुपमा मांग गरिन !
महिला अधिकारकर्मी नेपालले सांसद झा समक्ष तपाई कस्को गर्भ बाट बाहिर आउनु भएको , घरमा दीदी बहिनी छन की छैन , डिम्पल झा उहाको श्रीमती हुन की होइन भने गंभीर प्रश्न उठाए ! झा माथि आक्रोशित भएकी महिलाहरुले झा को जन्म दिने पनि महिला हुन , उहाको श्रीमती पनि महिला नै भएको महिलालाइ चरित्र माथि गरेको टिपण्णीको विरुद्ध महिलाहरुलाई कड़ा रुपमा आन्दोलन गर्नु पर्ने आवश्यकता रहेको जोड़ दिए !
रौतहटको महिलाहरुले उठाएको मांग जायज रहेकोले प्रतिनिधि सभाले मनन गर्नु पर्ने भन्दै देश भरिका महिलाहरुले एक ढिक्का भएर संघर्ष गर्नु पर्ने बताए ! मांग सम्वोधन तथा सांसद पद बाट राजीनामा नदीए सम्म संघर्षका कार्य जारी रहेको उदघोष गरिन !