काठामाडाैं ।। नेपालमा पछिल्लो समय बढ्दै गरेको कोरोना सङ्क्रमणको दरका कारण बिरामीहरुलाई उपचार पाउन समस्या हुन थालेको छ । अस्पतालहरुले कोरोना सङ्क्रमित बिरामीहरुसँग धरौटी लिन थाले पछि सामान्य नागरिकलाई उपचारमा अप्ठयारो परेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना सङ्क्रमितको उपचारका लागि धरौटी लिन थालेको छ । निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना सङ्क्रमितको उपचार शुल्क लिने निर्णय भएको अस्पतालले जनाएको छ । यसअघि धुलिखेल अस्पताल, बिपी स्वास्थ्य प्रतिष्ठान लगायतका अस्पतालले पनि कोरोना सङ्क्रमित बिरामीको उपचारकालागि धरौटी लिने भनी सूचनाजारी गरेर शुल्क लिन थालेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here