रौतहट ।। गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश समन्वय समिति प्रदेश २ जनकपुरधामका सचिव एवं रौतहटका दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य अनिल कुमार झाले व्यक्त गरेको अभिव्यक्ति प्रति घोरभत्सर्ना गरेका छन !
स्थानीय तहमा आउने बजेटलाइ लक्षित गरी ” स्थानीय तहमा आउने बजेट मेयरको बाउको नरहेको ” जस्ता वाक्यांश प्रयोग गरी सांसद झा ले दिएको वक्तव्य आफैमा हास्यास्पद हुदा हुदै जिम्मेवार पदमारहेका जनप्रतिनिधिको मुखबाट यस्ता शव्द प्रयोग हुनु अत्यंत गैर जिम्मेवार र निस्कृस्त रहेको विज्ञपति मार्फत ठहर गरेको छ !
संघीयताको वक़ालतात गर्ने संघीय सांसदको जनप्रतिनिधिवाट स्रोत परिचालको सामान्य सिद्धांत र प्रक्रियाको समेत धज्जिया उडाउने कार्य भएको उल्लेख गरिएको छ ! सार्वजानिक मंच प्रयोग गरी व्यक्त गरेको यस्ता अभिव्यक्ति गतिलो प्रक्रियाबाट फिर्ता लिई प्रायश्चित समेत गर्न सांसद झा लाइ महासंघले आग्रह गर्दै यस प्रकारका अभिव्यक्ति र गतिविधिबाट कति पनि विचलित नभई आफ्नो कर्तव्य प्रभावकारी रुपमा निर्वाह गर्न सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचिव साहले विज्ञप्ति मार्फत अपील गरेका हुन !
सांसद झा लाइ अभिव्यक्ति फिर्ता लिन महासंघको माग
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।