काठमाडाैं ।। सनराईजर्स हैदराबादले युएईमाजारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको छ । गयरातिदुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।२ सय २० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमाअलआउट हुँदै १ सय ३१ रन मात्रबनाउन सक्यो । जितसँगै हैदराबाद १२ खेलमा १० अङ्क जोड्दै छैटौं स्थानमा उक्लिएको छ भने पराजित भएको दिल्ली १२ खेलमा १४ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












