काठमाडाैं ।। किङ्स इलाभेन पञ्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।सारजाह मैदानमा गयराति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पञ्जाबले १८ ओभर ५ बल खेल्दै मात्र २ विकेट गुमाएर पुरा गर्यो । जितसँगै पञ्जाब तालिकाको चौंथो स्थानमा उक्लिएको छ । कोलकाता भने पाँचौं स्थानमा झरेको छ ।
यसैबीच, अष्ट्रेलिया भ्रमणका लागि जाने भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले हिजो अष्ट्रेलिया भ्रमणको लागि टेस्ट, एकदिवसीय र टीट्वान्टी टिमको घोषणा गरेको हो ।तीनै फर्म्याटको कप्तानी विराट कोहलीले गर्ने बताइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here