काठमाडौं ।। आज देशभरका प्रयोगशालामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार २२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ५५ हजार २३३ पुगेको छ।
जसमध्ये सक्रिय संक्रमितको संख्या भने ४६ हजार ५७ छ। यी संक्रमितमध्ये ३२ हजार ८७३ जना होम आइसोलेसनमा छन्। यस्तै, ३०७ जनाको सघन उपचार कक्ष ९आईसीयू० र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
शनिबार २ हजार ८४६ जना संक्रमित निको भएका छन्।अहिले सम्म निको हुनेहरुको जम्मा संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हालसम्म एक लाख ८ हजार ३३४ जना संक्रमणमुक्त भइसकेका छन् भने ८४२ जनाको मृत्यु भएको छ।

थप सामग्री स् जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञज्ञढठढद्ध

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here